• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 07:43 am

फेसबुककाे लाइककाे संख्या नदेखाउने परीक्षण अस्ट्रेलियाबाट

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा एउटा परीक्षणका क्रममा इन्स्टाग्रामले जस्तै प्रयोगकर्ताको पोस्टमा लाइकको सङ्ख्या लुकाउन लागेको छ।

अस्ट्रेलियाका कतिपय प्रयोगकर्ताले शुक्रवारबाट अर्काको पोस्टमा गरिएका लाइकको सङ्ख्या वा जनाइएका प्रतिक्रिया हेर्न पाउने छैनन्।

गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा शुरू गरिएको थियो। प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप लाइकुको सङ्ख्या घटाउन चाहेको फेसबुकको भनाइ छ ।

आफ्ना पोस्टमा चाहिँ गरिएका लाइकुको सङ्ख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनिन्, लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको सङ्ख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले सङ्ख्याको कुरा हामीले हटाउन लागेका हौँ ।

यो परिवर्तनबारे आफूहरूले मानसिक स्वास्थ्यविज्ञ तथा एन्टिबुलिङ अर्थात् अर्कालाई होच्याउने कामविरुद्धका समूहहरूसँग छलफल गरेको गार्लिकले बताइन् ।

यसै महिनाको शुरूतिर हङ्‍कङकी एकजना इन्जिनियरले आफ्नो ब्लगमा भनेकी थिइन् । उनले फेसबुकको एन्ड्रोइड एफमा आफूले एक प्रकारको कोड फेला पारेको बताएकी थिइन् जसअनुसार फेसबुकले लाइकुको सङ्ख्या हटाउने परीक्षण गरिरहेको थियो । बीबीसी समाचारबाट
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युब भर्सेस टिकटक

  • १२ जेठ, २०७७

एजेन्सी । लामो समयदेखि टिकटक र युट्युव प्रयोगकर्ताबीचको झगडा जारी छ । यसैबीच एकै हप्तामा टिकटकको रेटिङ्गमा ठूलो गिरावट आएको छ । टिकटकको हालको रेटिङ्ग

एप्पलले जापानमा यसै साताबाट स्टोर पुनः सञ्चालनमा ल्याउने

  • १२ जेठ, २०७७

एजेन्सी । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल इंकले जापानमा यसै सातादेखि स्टोरहरु पुनः सञ्चालनमा ल्याउने भएको छ । ् कोभिड–१९ को महामारीका कारण

कोरोना खोपका लागि बेलायतले ‘भर्चुअल’ सम्मेलन गर्ने 

  • १२ जेठ, २०७७

एजेन्सी । कोरोना भाइरस खोपको निर्माणका लागि रकम जुटाउँन एक ‘भर्चुअल’ सम्मेलन गर्ने बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।  आगामी ४