• २०८३ कार्तिक १४ शनिबार
  • Saturday, 31 October, 2026

ओखलढुंगा कला–साहित्य समाजको वार्षिकोत्सवमा पाँच स्रष्टा सम्मानित

काठमाडौं । ओखलढुङ्गा कला–साहित्य समाजले आफ्नाे प्रथम वार्षिकोत्सव तथा दोस्रो साधारणसभाको अवसर पारेर पाँचजना स्रष्टालाई सम्मान गरेको छ । ओखलढुंगा जिल्लामा जन्मिएर गीत, संगित कला र साहित्यमा विगत चार दशकदेखि सक्रिय महाप्रसाद खनाललाई आजीवन मुर्धन्य स्रष्टा अर्पण गरिएको छ ।

त्यस्तै, नेपाली हास्य क्षेत्रका उदयमान कलाकार सुमन कार्कीलाई अभिनय तथा हास्यव्यंग्यतर्फको ओखलढुंगा कला सम्मान तथा गायक जीवन बम्जनलाई गायन, गोपाल सेन्चुरीलाई लेखन, तथा सुजन राई रोकमीलाई नृत्य तथा अभिनय तर्फको ओखलढुङ्गा कला सम्मान अपर्ण गरिएको छ । सो अवसरमा, ओखलढुङ्गा कला साहित्य समाजको स्थापना देखि सक्रिय सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई कदर तथा सम्मान पत्र अर्पण गरिएको थियो ।

सो अवसरमा आयोजना गरिएको सांगीतिक साँझमा बरिष्ठ लोक गायक नविन ढुङ्गेल, शशी कुमार श्रेष्ठ, बलबहादुर परियार, राज राई , जीवन बम्जन लगायत नयाँ तथा पुराना कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै सुमन कार्की लगायत विभिन्न कलाकारले हास्यव्यंग्यका साथै विभिन्न नृत्य प्रस्तुत गरको थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर