तालुमा लुकाएको अवस्थामा एक किलो सुन बरामद
एजेन्सी । केरलको कोच्चि विमानस्थलमा एक व्यक्तिले तालुभित्र सुन लुकाएर तस्कर गरेको अवस्थामा पक्राउ परेका हुन् ।
भारतीय मिडियाले जनाइ अनुसार उनको नाम नौसाद हो । शनिबार शारजाहबाट भारत फर्कने क्रममा कोच्चि विमानस्थलबाट पक्राउ परेका हुन् ।
विमानस्थलमा एक प्रहरीले संङखास्पद रुपमा उनलाई पक्रिएका थिए । उनले कपाल खौरिएर केही तालुमा कपडा जस्ता बाधेबा थिए । त्यही भित्र एक किलो सुन भेटिएको थियो ।
प्रतिकृया दिनुहोस