• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

भारतद्वारा दक्षिण अफ्रिका पराजित

विशाखापटनम । भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेट भारतले २०३ रनले जितेको छ । 

जितका लागि ३९५ रनको विशाल चुनौती पछ्याएको दक्षिण अफ्रिका पाँचौं दिन १९१ रनमै समेटिएको थियो । भारतलाई जित दिलाउन भारतीय बलर मोहम्मद शामी र रविन्द्र जडेजाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शामीले ५ तथा रविन्द्रले ४ विकेट लिएका थिए ।

तीन खेलको यस शृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाका तर्फबाट सर्वाधिक डेन पाइडिटले ५६ तथा सेनुरान मुथुसामीले अविजित ४९ रन बनाएका थिए । 

यी दुईबीचको दोस्रो टेस्ट क्रिकेट आगामी अक्टोबर १० मा पुणेमा शुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर