• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 09:23 am

 ‘आमा सम्मान’ बाट मायादेवी  सम्मानित 

भद्रपुर । तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ ।

साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उनी सम्मानित भएकी हुन् ।  सम्मानमा प्रमाणपत्रसहित उनीलाई रु ११ हजार नगद प्रदान गरिएको थियो । 

प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराईले मिर्गौला पीडित श्रीमान् शिवप्रसाद रिजालको असामयिक निधनपछि अनेक दुःखकष्ट सहेर आफ्ना नाबालक तीन छोराको लालनपालन गरी सामाजिक संस्कारसँगै शिक्षादीक्षा दिएर प्रतिष्ठित तथा आर्थिक सवल बनाउन सफल भएको हुँदा उहाँलाई आइतबार शनिश्चरेमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको बताए । 

मायादेवीका सन्तानमध्ये जेठा राजनप्रसाद र माइला भक्तराज यतिखेर सरकारी जागीरमा आबद्ध छन् भने कान्छा छोरा पनि जागीरका लागि तयारी गरिरहेका छन् । 

समाजमा स्थापित हुन छोराछोरीलाई अभिप्रेरित गरिरहेका एकल आमालाई विगत आठ वर्षदेखि प्रतिष्ठानले सम्मान गर्दै आएको अध्यक्ष भट्टराईले बताए ।  सम्मानबाट यसअघि आठ जना सम्मानित भइसकेका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धनिपुर्जा हराएको देश

  • ३ जेठ, २०७७

आफ्नै देशको बरखी बारेर मौनधारण गरिरहे जस्ता हिमालहरू राहदानी भिरेर उडानको पर्खाइमा रहेका नदीहरू आत्महत्या गर्न हामफालिरहे जस्ता झरनाहरू अनि

दुर्गा 'होलटाइमर' भइन

  • २७ बैशाख, २०७७

काँठको महिला अझ त्यसमा पनि बुहारी भएपछि कामको बोझ त झन बढने नै भयो । उनको अझ दुइवटा परिचय थपिएको थियो । एउटा समाजले थपिदिएको थियो दलित र अर्को राज्यले

हामीले जिन्दगी बितायौं सरकार बनाएर !

  • २७ बैशाख, २०७७

मर्नलाई विष पनि किनेर खान्छ तिम्रो शहरले जडिबुटी बाँडेर बाँच्छ मेरो गाँउ विचार गर । मान्छेले सुख प्राप्तिका खातिर अनेक अनेक काम गर्नुपर्छ । मलाई पनि