• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

टी–ट्वान्टी सिरिज : नेपाल र आयरल्याण्डबीच प्रतिस्पर्धा

काठमाडौं । ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज  टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

अघिल्ला दुई खेल जितेको नेपालले तेस्रो खेलमा बलियो टिम आयरल्याण्डको सामना गर्न लागेको हो । नेपाल र आयरल्याण्डबीचको खेल बिहान ११:१५ मा सुरु हुनेछ ।

अल अम्रेट क्रिकेट मैदानमा नेपाल आयरल्याण्डलाई हराउँदै तेस्रो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्डलाई हराएको थियो ।

नेपाल टेष्ट राष्ट्र आयरल्याण्डलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ । यस्तै टेष्ट राष्ट्रमाथि जित निकाल्दै नेपाल इतिहास बनाउन चाहन्छ । नेपालले हालसम्म टेष्ट राष्ट्रलाई हराउन सकेको छैन । तर, बलियो टिम आयरल्याण्डलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन ।

नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर