डोल्पामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते 

डोल्पा । डोल्पामा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्युु भएको छ । भे ८ प ९१६५ को मोटरसाइकल दुर्घटनामा परेर २४ बर्षिय ज्ञानबहादुर बुढाको मृत्युु भएको हो ।

आज बिहान ८ बजेतिर भएको दुर्घटनामा मृतक बुढासँगै पछाडि बसेका बर्ष २४ का काजिमान बिक घाइते भएका हुन् । घाइते बिकको चिँउडि र दायाँ घुट्टमा चोट लागेपनि स्वास्थ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारका अनुसार त्रिपुराकोटबाट दुनै जाने क्रममा त्रिपुरासुन्दरी नगरपालिका ३ मा पर्ने भित्तिमा दुर्घटना भएको हो ।दुबै जना त्रिपुराकोट बजारबाट सामान किनेर दुनैजाने क्रममा घटना घटेको बताइएको छ ।

डोल्पामा मोटरसाइकल दुर्घटना भएर ज्यान गुमाएको पहिलो घटना भएको बताउँदै तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने उनले बताए ।

मृतक बुढाको शव पोष्टमाडम गरेर परीवारले बुझिसकेको छ । बुढा र विकले सवारी अनुमतिपत्र बिना मोटरसाइकल चलाएको भन्दै मंगलबार जरिवाना गरेको प्रहरीले जनाएको छ । हालसम्म डोल्पामा सवारी दुर्घटनामा परेर १९ जनाले ज्यान गुमाइसकेकाछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर