• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 06:32 pm

तिहारलाई लक्षित गरि बजार अनुगमन

पाल्पा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरी पाल्पामा बजार अनुगमन गरिएको छ । तिहारको मुखमा उपभोक्त ठगिने र अखाद्य वस्तु उपभोग गर्नुपर्ने समास्या अन्त्य गर्न तानसेन नगरपालिकाले नगरभित्रको मुख्य बजारमा पाँचवटा समूहले एकैसाथ अनुगमन गरेको छ ।

पाल्पा सदरमुकाम समेत रहेको तानसेन नगरपालिकाभित्रको मुख्य बजारमा किराना पसल, होटल तथा रेस्टुरेन्ट, मासु पसल र पेय पदार्थलगायतका पसलहरूमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा पसलहरूबाट म्याद गुज्रेका खाद्यवस्तु, सुर्तीजन्य पदार्थ तथा मापदण्डविपरीत राखिएका समान जफत गरी नष्ट गरिएको छ । 

पाँचवटा समूहले नगरभित्रका फरकफरक स्थानमा गरेको अनुगमनका क्रममा अधिकाशं पसलमा मूल्यसूची नराखेको व्यवसाय दर्ता नगरेको तथा म्याद गुज्रिएका सामग्री समेत बिक्रीका लागि राखेको भेटिएको थियो । म्याद नाघेका खाद्यवस्तु, पेय पदार्थहरू र सुर्तीजन्य सामग्री जफत गरी नष्टसमेत गरिएको छ । 

तिहारको बेलामा उपभोक्ता ठगिन नदिन र अखाद्य वस्तुहरू बिक्री–वितरणमा रोक लगाउन बजार अनुगमन गरिएको तानसेन नगरपालिकाका अधिकृत तथा अनुगमन संयोजक दुर्गाबहादुर थापाले बताए । व्यापारीहरूले भने पहिलेदेखि नै सडकछेउमा तिहारका मिठाई तथा खाद्यवस्तुहरू खुला रूपमै बिक्री गर्ने प्रचलन रहेका हुँदा सोहीअनुसार बिक्री गर्ने गरेको बताएका छन् ।

विगतका वर्षहरूमा चाडपर्वमा मात्र अनुगमन हुने भए पनि अबका दिनमा भने यसलाई निरन्तर रूपमा सञ्चालन गरिने र व्यापारीलाई पनि सोहीअनुसार नियमपालन गर्नुपर्ने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद वाग्लेले बताए । पहिलो चरणमा व्यापारीलाई सुझाव दिइएको र आगामी दिनमा पनि मापदण्ड पूरा नगरे कारबाहीको दायरामा ल्याउने नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पा, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, नेपाल पत्रकार महासंघ, नेपाल प्रहरी कार्यालय पाल्पाका प्रतिनिधिसहितको उपस्थितिमा तानसेन नगरपालिकाले नगरभित्रका ९७ पसलको अनुगमन गरेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

देशका लाखौं युवाको भविश्य नेकपाको सरकारले मात्र सुनिश्चित गर्न सक्छ : भट्टराई

  • ३ मङ्सिर, २०७६

काठमाडौं । नेकपाका नेता निर्मल भट्टराईले देशका लाखौं युवाको भविष्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र सुनिश्चित गर्न सक्ने बताएका छन् । भक्तपुर

प्रधानमन्त्रीका कामलाई जनतासम्म पुर्याउन अधिकतम कोशिस गर्छु : थापा

  • ३ मङ्सिर, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने

एक घन्टा जेल बसेर फर्किए पत्रकार भण्डारी

  • ३ मङ्सिर, २०७६

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घन्टा जेल बसेर फर्किएका छन् । मानसखण्ड दैनिकका सम्पादक भण्डारीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा