• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 05:28 pm

कविता : तिहार 

याद छ नी 
ति संगसंगै खेलेका दिनहरु 
ति मिठा मिठा छिनहरु 
बालापनको भोलापनमा 
हठ गर्दै लुछाचुनी गरेका 
ति सेलरोटीका स्वादहरु 

ति संगसंगै गाएका
देउसी भैलोका गीतहरु
ति सजाउँदै जगाएका  
आँगनीका दियोहरु  
पर्वको रौनकसंगै 
जब खेल्थ्यौं तासका खेलहरु 
लुकाएर तासका पत्ती
झगडा गर्दै मच्च्याएका कोलाहालहरु 
याद छ नी 
यी तिहारका मीठा छिनहरु 

तिहारको दियोसंगै 
जीवनको उजेलीको कामना गर्दै 
मखमलीको फूलमा 
दीर्घायूको प्राथना गर्दै 
सप्तरंगले निधार सजाउन
भोक भोकै बसेका छिनहरु  
आज सम्झनाको बाढी  बनी 
हृदय भरी छ्ल्किँदा 
बालापनका मीठा यादहरुसंगै 
फेरी त्यै घडी फर्काउन मन लाग्यो 
जिस्किदै र जिस्काउदै 
सताउदै र रिसाउदै 
रमाउदै मनाएको त्यो बाल्यकालको तिहार 
आज फेरी फर्काउन मन लाग्यो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साहित्यिक मञ्चबाट साहित्यकारलाई सम्झँदा...

  • २४ कार्तिक, २०७६

जनकपुरधाम । जनकपुरधाममा आयोजित तिन दिवसीय नेपाल साहित्य उत्सवको अवसर पारेर आयोजित साहित्य सम्झनामा गरिएको बहसमा साहित्यकारहरुले नेपालमा नेपाली

चन्द्रशेखर उपाध्यायलाई नेपाल विद्यापति पुरस्कार

  • २४ कार्तिक, २०७६

जनकपुरधाम । नेपाल सरकारद्वारा स्थापित मैथिली भाषाको सबैभन्दा ठूलो राशिको विद्यापति पुरस्कार आज घोषणा भएको छ । पुरस्कार कोषले पत्रकार सम्मेलन आयोजना

अत्याचारी हो भारत

  • २३ कार्तिक, २०७६

नक्सा बनाई भ्रमजालको दुष्टता देखाइस् भारत । नंग्राले कोतरी पवित्र भूमिको पारिसकिस् आहत ।।  गाड्छन् चक्षु नदीनालाहरूमा आसक्ति दिनरात । तेरा जन