• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेकपाले छान्यो उपनिर्वाचनको उम्मेदवार, भक्तपुरमा डिपी ढकाल, कास्कीमा विद्या भट्टराई

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपनिर्वाचनको उम्मेदवार छनोट गरेको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाएको हो ।  

बैठकले भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाएको छ । त्यस्तै, कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली उम्मेदवार बनाएको जानकारी दिएको छ । 

भट्टराई यसअघि कास्की २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् ।  बाग्लुङ २ खमा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर