• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

ऊर्जामन्त्री पुनलाई सल्यानमा हजारौं जनताको भव्य स्वागत [भिडियोसहित]

दुई वर्षभित्र पूरै कर्णाली उज्यालो बनाउँछौं-मन्त्री पुन

सल्यान । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले २ वर्षभित्र पूरै सल्यानमा विद्युतिकरण गर्ने बताएका छन् । सल्यानको दार्मा गाउँपालिकामा पहिलो पटक पुगेको विद्युतको उद्घाटन गर्न सल्यान पुगेका मन्त्री पुनले सम्बोधनको क्रममा सो कुरा बताएका हुन् । 

उक्त ऐतिहासिक क्षणको उद्घाटनमा हजारौं समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । मन्त्री पुनले दुई वर्षभित्र पूरै कर्णालीलाई उज्यालो बनाउने प्रतिवद्धता पनि जनाएका छन् । साथै दार्मैली जनताले गरेको स्वागतलाई कहिल्यै नबिर्सने भन्दै मन्त्री पुनले त्यहाँको विकासमा साथ दिने बताए । 

मन्त्री पुनले भने–‘पहाडलाई पनि सुबिधा सम्पन गराउन सकिन्छ भन्ने वर्तमान सरकारको मान्यता हो ।’ 

लिफ्ट सिंचाई सम्भब भएको ठाउँमा यसै बर्षको बजेटमा समेट्ने प्रतिबद्दता उनले जनाए । ‘२ बर्ष भित्रमा पुरै सल्यानमा बिध्धुतिकरण गरिनेछ सडक निर्माणकालाग आबश्यक सहयोग गर्नेछु’ उनले भने । 

फोटो भिडियो : सन्तोष पुनको फेसबुकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर