• बिहीबार ११-८-२०७६/Thursday 02-20-2020/ 12:59 pm

डा. केसी अस्पताल भर्ना

अमरगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । 

सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । 

डा. केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलले जानकारी दिए । 

प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा. केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताए ।

चिसोका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा. केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा. केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन संसदीय समितिको निर्देशन

  • ८ फाल्गुण, २०७६

काठमाडौं । संसदीय समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा

बाँस्कोटा टेप प्रकरण–सचिवालय बैठक बोलाउने नेकपाको तयारी

  • ८ फाल्गुण, २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिशन बार्गेनिङ अडियो सार्वजनिक भए पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

भ्रष्टाचार गर्दिन भन्ने सरकारप्रति बाबुरामको व्यंग्यः ‘यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको प्रधानमन्त्री ज्यू’

  • ८ फाल्गुण, २०७६

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि