भक्तपुर । नेकपा भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १, प्रदेश नं १ (क) मा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको जित हुने दावी गरेको छ । सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दैलनेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले भक्तपुरको विकासमा नेकपाबाहेक अरु दलले कुनै भूमिका निर्वाह गर्न नसकेको जिकिर गरे ।
उनले भने , “भक्तपुरको विकास नेकपाले मात्रै गर्न सक्छ भन्ने जनताले बुझिसकेका छन्, त्यसैले विकासको काम गर्न नसक्ने तर नेकपाले गरेको विकासमा अवरोध गर्ने र विरोध गर्ने प्रतिस्पर्धीले जित्ने कुनै तुक छैन ।”
पत्रकार सम्मेलनमा नेकपाका उम्मेदवार ढकालले भक्तपुरको भौतिक पूर्वाधारमा विशेष महत्वका साथ अघि बढ्ने, सडक सञ्जालको विस्तार तथा स्तरोन्नती गर्ने, ढल व्यवस्थापन गर्ने, प्रत्येक घरधुरीमा खानेपानीको व्यवस्थापन गर्ने, पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, सिंहदरबारको पहुँचलाई सहज बनाउनेलगायत विकासप्रतिको जनताको चाहना र आवश्यकतालाई क्रमिक रुपमा पूरा गर्दै लैजानका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले भक्तपुरका संघीय सांसद र स्थानीय सरकार नेकपाको भएकाले प्रदेशमा पनि नेकपा हुँदा विकासका लहर धेरै हुन सक्ने बताए ,
काँग्रेसले दूधपाटीस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई तिहाइको कम्युनिष्ट सरकारले जनतामा कर र महंँगी थोपरेको भन्दै त्यसको विरुद्ध आफ्नो उम्मेदवारी दिइएको बताए ।
यसैबीच निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १, प्रदेश नं १ कमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । कार्यालयले नेपाल कम्युनिष्ट पार्टी नेकपा का देवीप्रसाद ढकाललाई सूर्य, नेपाली काङ्ग्रेसका कृष्णलाल भँडेललाई रुख र नेमकिपाका नीरज लवजूलाई मादल चिह्न प्रदान गरेको कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए ।
बेत्रावती । नुवाकोट मात्र नभई मुलुककै लागि ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा उल्लासपूर्ण रुपमा जात्रा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५/०७८ का लागि स्नातक तह प्रथम वर्र्ष(एलएलबी) को भर्ना प्रक्रिया पुनः
भीमदत्तनगर । जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना महिलाको मृत्यु भएको छ । मृत्यु
प्रतिकृया दिनुहोस