• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आजका समाचार हाइलाइट्स २६ कार्तिक, २०७६

उपेन्द्र यादव सरकारबाट बाहिरिँदै
 काठमाडौं । २०७४ वैशाखमा तराई–मधेसकेन्द्रित ६ पार्टी मिलेर राजपा गठन भयो । त्यतिबेला सबै मधेसकेन्द्रित दलहरू एक भएपनि उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम नेपाल भने एकतामा सामेल भएन । तर तत्कालिन फोरम र पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकता भएर समाजवार्दी पार्टी नेपाल निर्माण भएको छ । 

भारतले जबरजस्ती नेपालको भूमीलाई नक्सामा राख्यो–प्रचण्ड 
 चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले नेपालको भूमीलाई भारतले जबरजस्ती आफ्नो नक्सामा राखेको बताएका छन् ।  नेकपा भरतपुर महानगर वडा कमिटीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले महाकालीदेखिको पूर्वको भूभाग सबै नेपालको भएको बताए । अध्यक्ष प्रचण्डले भने–‘महाकालीदेखी पूर्व नेपाल, पश्चिम भारत हो, अन्य कुरा मान्य छैन ।’ उनले भने ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमी हो ।’


सीमाबारे प्रधानमन्त्रीको पहल नियालिरहेका छौं 
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई पुनः सचेत गराएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सो समस्या समाधानका लागि परिणाममुखी पहल गर्न पनि सरकारलाई आग्रह गरे । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले सो समस्या समाधानका गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पनि स्पष्ट पारे ।

डडेल्धुराबाट मोदीलाई डा। केसीको खुलापत्र, भने–‘नेपाल मजबुद भएमात्र भारतको सुरक्षा हुन्छ’

 काठमाडौं । केही समय अघिमात्र १७ औं अनश तोडेका डा। गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुलापत्र लेखेका छन् । चिकित्सा शिक्षाको विषयमा निरन्तर बोलिरहेका डा। केसीले देश जटिल अवस्थामा रहेको र राष्ट्रियताको विषयमा गम्भीर भएको भन्दै केहीबेरअघि मात्र पत्रकार सम्मेलनमार्फत अनशन तोडेका थिए । 


डा। केसीको अनशन स्थगित
डडेल्धुरा । डडेल्धुरामा नौ दिनदेखि अनसरत डाक्टर गोविन्द केसीले अनसन स्थगीत गरेका छन् । उनले डडेल्धुरा अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनसन स्थगित भएको घोषणा गरेका हुन् ।  केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सारमा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगित गरेको बताएका छन् ।


बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा 
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको नियन्त्रणमा बंगलादेशका समकक्षी हमिद नेपालको चार दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका हुन् ।  उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरिन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर