• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ओली-प्रचण्डबीच कार्यविभाजनमा लिखित सहमति नहुँदा मन्त्रिमण्डल हेरफेर धकेलिँदै

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अधयक्ष पुष्प कमल दाहाल बीच कार्यविभाजनमा सहमति हुन नसक्दा मन्त्रिपरिषद हेरफेरको विषय पनि धकेलिएको छ । यसअघि समाचार दैनिकमा ‘प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने लिखित निर्णय भए सोमबारसम्म मन्त्रिपरिषद् हेरफेर’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । 

तर, आज सोमबार प्रधानमन्त्री ओली र अध्यक्षबीच छलफल भएपनि टुंगो भने लागिसकेको छैन् । आइतबार साँझ बसेको पार्टीको सचिवालय बैठकमा पनि मन्त्रिपरिषद हेरफेरबारे छलफल भएको थियो । दुई अध्यक्षबीच पार्टी र सरकार स्वतन्त्रतापूर्वक चलाउने सहमतिसंगै मन्त्रिमण्डल पनि हेरफेर हुने स्रोतको भनाई छ । 

प्रचण्ड लिखित निर्णय कुरेर बसिरहेको स्रोतको भनाई छ । 

स्रोतका अनुसार अध्यक्ष दाहालले सरकार ओलीलाई स्वतन्त्र पूर्वक चलाउन लगाउने र दाहाल पार्टीको काम स्वतन्त्र रुपमा गर्न प्रस्ताव लगेका थिए । पार्टी अध्यक्षको सबै जिम्मेवारी प्रचण्डले नेतृत्व गर्ने र प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा निरन्तरता पाउने सहमति भइसकेको छ । सचिवालय बैठक मार्फत अध्यक्ष केपी शर्मा ओलीले लिखित रुपमा निर्णय गरेर प्रचण्डलाई कार्यकारी अधिकार दिए मन्त्रिपरिषद् हेरफेरको सबै जिम्मा प्रधानमन्त्री ओलीकै योजनामा हुनेछ ।

तर, प्रचण्ड कार्यविभाजनमा सहमति नभएसम्म आफ्ना मन्त्रिमण्डलको नाम समेत लिएर गएका छैनन् । मन्त्रिमण्डल हेरफेरको विषयमा प्रधानमन्त्री ओली र प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपालसंग समेत छलफल गरिसकेका छन् । लामो समयदेखि रस्साकस्सीमा रहेका प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर नेपालसंग छलफल गरेपछि अध्यक्ष दाहाले पनि आज खुमलटारमा वार्ता गरेका थिए । 

फेरिने मन्त्रिहरुमा पूर्व एमालेबाट स्थानीय विकास मन्त्रि लालबाबु पण्डित, महिला तथा बालबालीका मन्त्रि थममाया थापा, खेलकुद मन्त्रि जगत विश्वकर्मा, श्रम मन्त्रि गोकर्ण विष्ट र अर्थमन्त्रि युवराज खतिवडा मन्त्रिपरिषद्बाट विदा हुने सम्भावना छ । पूर्व माओवादीबाट कृषि मन्त्रि चक्रपाणी खनाल, उद्योग मन्त्रि मात्रिका यादव, खानेपानी तथा सरसफाई मन्त्रि विना थापा मगर विदा हुने सम्भावना छ । 

नयाँ मन्त्रिहरुको सुचिमा पूर्व एमालेबाट घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, र पूर्व माओवादीबाट प्रभु शाह, देवेन्द्र पौडेल, जनार्दन शर्माको नाम चर्चामा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर