• आइतबार ३-२८-२०७७/Sunday 07-12-2020/ 06:41 pm

देशका लाखौं युवाको भविश्य नेकपाको सरकारले मात्र सुनिश्चित गर्न सक्छ : भट्टराई

काठमाडौं । नेकपाका नेता निर्मल भट्टराईले देशका लाखौं युवाको भविष्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र सुनिश्चित गर्न सक्ने बताएका छन् । भक्तपुर निर्वाचन क्षेत्र १ क को उप चुनावमा नेकपाका उम्मेद्वार देवी प्रसाद ढकाललाई जिताउन आयोजित चानपा ७ मा आयोजित वृहत् युवा विद्यार्थी भेलामा उनले सो कुरा बताएका हुन् । 

उनले भने–ंदेशको विकास र समृद्धिको लागि युवा विद्यार्थीको सकृय सहभागिता विना संभव छैन ।’

पार्टी जिल्ला अध्यक्ष वचन देउजाले समाजका हर क्षेत्रमा कायापलट ल्याउन उप चुनावमा नेकपालाई विजय गराउनु पर्ने विचार व्यक्त गरे ।कार्यक्रममा जिल्ला नेताहरु रजन के सी, राष्ट्र शम्सेर थापा , राजु अधिकारी, राधाकृष्ण लामिछाने , लक्ष्मण लामिछानेलगायतले युवा विद्यार्थीलाई चुनावी प्रशिक्षण दिएका थिए । 

भेलाले निरन्जन लामिछानेको संयोजकत्वमा १०१ सदश्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता पाँचजना विरुद्ध विशेष अदालतमा मुद्दा

  • २८ असार, २०७७

काठमाडौं । गलत लिखत तयार गरी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मालपोत कार्यालय कपिलवस्तुका तत्कालीन कार्यालय प्रमूख रेशमबहादुर थापा

प्राकृतिक विपदमा ज्यान गुमाएका परिवारलाई १ लाख दिने बागमती प्रदेश सरकारको निर्णय

  • २८ असार, २०७७

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक विपद्मा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैंया राहत दिने भएको छ । आइतबार बसेको प्रदेशको

मरिसकेका व्यक्तिको नाममा भत्ता वितरण गर्ने तत्कालीन गाविस सचिव विरुद्ध मुद्दा

  • २८ असार, २०७७

काठमाडौं । सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको अभियोगमा तेह्रथुमको तत्कालीन थोक्लुङ गाविसका सचिव डम्बरकुमार गड्तौलाविरुद्ध विशेष अदालतमा