• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

गलत तरिकाले अन्डरवेयर प्रयोग गर्दा पुरुषमा खतरा

एजेन्सी । पुरुषहरूले गलत तरिकाले अन्डरवेयर लगाउँदा पिता बन्ने क्षमतालाई प्रभावित पार्छ । केही समयअघि भएको एक अनुसन्धानमा कसिलो अन्डरवेयरको प्रयोगले पुरुषको शुक्रकिट (स्पर्म कोन्ट) २५ प्रतिशतले घट्ने जनाएको छ । जसको कारण भविष्यमा पिता भन्ने सम्भावना निकै कम हुन सक्छ । विश्वका युवाहरूमा स्पर्म काउन्टको मात्रा दुवै घट्ने गरेको छ । वैज्ञानिकहरूको अनुसार यसको सबैभन्दा ठूलो कारण भनेको पुरुषले प्रयोग गर्ने अन्डरवेयर हो । बजारमा पुरुषको लागि दुई प्रकारको अन्डरवेयर उपलब्ध छ । जसमा ब्रिफ र बक्सर पर्दछन् । 

वैज्ञानिकले खुलासा गरे शरीरसँग जोडिएको अन्डरवेयरको सम्बन्ध 

केही समयअघि प्रकाशित एक अध्ययनले जनाएरअनुसार जुन पुरुषले खुकुलो अन्डरवेयरको प्रयोग गर्छ ती पुरुषमा कसिलो अन्डरवेयर लगाउने पुरुषको भन्दा स्पर्मको मात्रा धेरै हुने गरेको छ । रिसर्च अक्सफोड युनिभर्सिटीमा प्रकाशित भएको एक लेखअनुसार केही वर्षदेखि यो विषयमा अनुसन्धान भइरहेको थियो जसअनुसार गलत अन्डरवेरको प्रयोगबाट स्पर्ममा कमी आउने कुरा पुष्टि भएको थियो । 

ब्रिफ वा बक्सर 

पुरुषले लगाउने बक्सर अन्डरवेयरको सुरुवात सन् १९२० मा भएको हो । यो अनटरवेयर जांघबाट नै खुकुलो हुन्छ । बक्सर अन्डरवेयर आएको एक दशकपछि मात्र ब्रिफ अन्डरवेयर आएको हो । यसको खास कुरा भनेको यो छालासँग टाँसिएर बसिरहन्छ । यो फिटिङ हुने भएको कारण आजभोलि नि धेरै पुरुषहरू यसको प्रयोग गर्छन् । तर वैज्ञानिकहरू भन्छन्, कसिलो अनडरवेयर प्रयोग गर्नु स्वास्थको लागि खतरा हुन्छ । त्यसलैले ब्रिफ अन्डरवेयरको साट्टोमा बक्सर प्रयोग गर्नु निकै उपयोगी मानिन्छ । 

कसिलो अन्डरवेरले स्पर्ममा के असर गर्छ 

पुरुषको स्पर्मको उत्पादन अन्डकोषले गर्दछ । यो निकै संवेदनशील अंग हो । जसलाई तातोपनले निकै असर गर्दछ । अन्डकोषलाई स्वस्थ राख्न र सही स्पर्म उत्पादन गर्नको लागि वास्तविक शरिरको तापक्रम २–४ डिग्री सेल्सियस भन्दा कम हुनुपर्दछ । 

जब कोही पनि व्यक्ति कसिलो अनडरवेयर लगाउँछन् । शरिरबाट निस्कने तातोपनको कारण अन्डकोषमा असर पर्ने भएकोले गर्दा खुकुलो र हावा प्रवाह हुने अन्डरवेयरको प्रयोग गर्नु उपयुक्त मानिन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर