• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एअर ट्राफिक कन्ट्रोलर सम्मेलन हुँदै

काठमाडौं। एअर ट्राफिक कन्ट्रोलरहरुलाई प्राविधिक ज्ञान दिने उद्देश्यले बिहीबारदेखि काठमाडौंमा एसिया प्रशान्त क्षेत्रीय बैठक सुरु हुँदैछ ।

नेपाल एअर ट्राफिक कन्ट्रोलर संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्राविधिक ज्ञान तथा एअर ट्राफिक कन्ट्रोलरको चुनौती विषयमा सम्मेलन हुन लागेको जानकारी दिएको हो ।

सम्मेलनमा विभिन्न देशहरुमा भएका मानव तथा प्रविधिगत विकासबारे छलफल हुने संघका अध्यक्ष रामेश्वर भट्टले जानकारी दिए ।

एसिया प्रशान्त क्षेत्रका १९ देशहरु सहभागी हुने सम्मेलनमा विभिन्न देशहरुमा प्रयोग भइरहेका प्रविधिकाबारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने संघका अध्यक्ष भट्टले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर