लेखा अधिकृतको भरमा शिवसताक्षी नगरपालिका

झापा  । झापाको शिवसताक्षी नगरपालिकामा नगर प्रमुख उप प्रमुख र प्रमुख प्रशाकिय अधिकृतले समेत निमित्त दिएर  कार्यालय बाहिर निस्किएपछि नगरपालिकाको कामकाज प्रभावित भएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर अधिकारी गत २५ कार्तिक देखि ८ मसिंर सम्मका लागि चीनको बेइजिङ गएका थिए ।

 ९ गते सोमबार सम्म उनी कार्यालय आएन् र उनको  अनुपस्थितीमा निमित्त प्रशासकिय अधिकृतको जिम्मेवारी उपसचिव सुरेन्द्र दाहालले पाए । तर सोमबार दाहाल पनि कार्यालय नआएपछि लेखा अधिकृतलाई कार्यालय जिम्मा दिइयो ।

नगर प्रमुख चन्द्रकुमार शेर्मा कार्तिक २८ गतेदेखि नै नगरपालिकामा छैनन् । उनको अनुपस्थितीमा प्रमुखको जिम्मेवारी सम्हाल्नुपर्ने उपप्रमुख भोजकुमारी नेपाल पनि कार्यालयमा नआएको भन्दै सेवाग्राहिले गुनासो गरेका छन् ।   नगर प्रमुख नगरबाहिर रहे पनि उप प्रमुख नगरमै रहेर पनि कार्यालय आउनु भएको छैन । एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने । 

सोमबार दिउँसो नगरपालिका कार्यालयमा  सेवाग्राहीहरुले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई भेटेर आफ्नो समस्या सुनाउन नपाएको बताए । सामान्यतया जुनसुकै ओहोदाका कर्मचारी वा जनप्रतिनिधिहरुले आफ्नो अनुपस्थितीमा आफ्नो जिम्मेवारी कसैलाई तोकेर दिने प्रचलन छ ।

तर शिवसताक्षी नगरपालिकामा जिम्मेवारी एकले अर्काेलाई, अर्काेले अर्कालाई दिएर झारो टार्ने काम गरिरहँदा नागरिकहरुका दैनिक कामकाजहरुमा परिरहेको अप्ठ्यारोका बिषयमा कसैले चासो नराखेको नगरबासीहरुको गुनासो छ ।

नगरपालिकामा सोमबार मात्रै उपसचिव दाहालबाट निमित्तको जिम्मेवारी पाएका लेखा अधिकृत खवासले भने नगर प्रमुख शेर्मा आजनै कम्बोडियाबाट र प्रमुख प्रशासकिय अधिकत अधिकारी बेइजिङबाट काठमाडौं फर्किने पूर्व योजना रहेको बताए । उनले उपप्रमुख नेपाल भने सतासीधाममा सोमबार सम्म चलेको महायज्ञमा नै रहनु भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर