१ करोड पुरस्कार जित्न बेहुलीको पहिरन लगाएर दौडिए ३०० युवती
बैंकक । थाइल्यान्डको राजधानी बैंककमा आइतबार वैवाहिक प्याकेज पुरस्कार जित्ने दौड प्रतियोगिता आयोजना भएको छ । सो प्रतियोगितामा ३ सयजना युवतीले बेहुलीको पहिरन लगाएर दौडिएका थिए । सो प्रतियोगिता जित्ने युवतीलाई १ करोड रुपैयाँको ‘वेडिङ प्याकेज’ उपलब्ध गराइएको छ ।
बर्सेनि आयोजना हुने यो प्रतियोगिता युवतीहरूलाई विवाहको सम्झना गराउनु मुख्य उद्देश्य हो । यसमा पुरस्कार जित्ने युवतीले आफ्नो बिहे भव्यसँग गर्न सकुन् भन्ने पनि हो ।
प्रतियोगितामा बेहुलीसँग बेहुला पनि दौडिन सक्ने प्रावधान छ । अघिल्लो वर्ष यो प्रतियोगितामा करिब १० जना बेहुलाले पनि सहभागिता जनाएका थिए ।
प्रतिकृया दिनुहोस