दुर्लभ : दुई टाउको र तीन हात भएको बच्चा जन्मियो
एजेन्सी । भारतकाे मध्यप्रदेशको भिडिशा जिल्लाको एक गाउँमा एक महिलाले दुई वटा टाउको र तीन वटा हात भएको बालकको जन्म दिएकी छन् ।
भिडिशा जिल्ला अस्पतालमा आइतबार जन्मिएको उक्त बच्चाको अल्ट्रासाउन्डमा एउटा मात्र मुटु देखिएको त्यहाँका चिकित्सकले बताएका छन् । यद्यपि, दुई महिनाअघि महिलाको गर्भको सोनोग्राफी गरी हेर्दा जुम्ल्याहा बच्चा हुनसक्ने चिकित्सकले बताएको उनको श्रीमानको भनाई छ ।
बच्चाको हाल अस्पतालको आइसियु कक्षमा जटिल उपचार भइरहेको बताइएको छ । यस्तै एक दुर्लभ अर्को घटना भारतकै राजस्थानमा सन् २०१६ मा देखिएको सञ्चारमाध्यमले जनाएका छन्, जहाँ दुई वटा टाउँको भएको साढे दुई केजीको स्वस्थ्य बच्चा नन्मिएको थियो, तर जन्मिएको २३ घण्टापछि उसको मृत्यु भएको थियो ।
विश्वमा बार्षिक करिब ७ करोड ९ लाख जन्ममा करिब ६ प्रतिशत यस्तो गम्भिर जन्म दोषका साथ बच्चा जन्मिछन् भने यीमध्ये ९४ प्रतिशत जन्म मध्य वा निम्म आय भएका देशहरुमा देखिने ‘मार्च अफ डाइम्स’द्वारा प्रकाशित विश्वव्यापी रिपोर्टमा बताइएको छ ।
भारतको राष्ट्रिय स्वास्थ्य पार्टलले आफ्नो वेबसाइटका अनुसार, भारतमा जन्म दोषको सम्भावना ६–७ प्रतिशत रहेको छ ।
सबैभन्दा आम जन्म दोषमा जन्मजात हृदय रोग, जन्मजात बहिरोपन र न्यूरल ट्युब डिफेक्ट रहेको सन् २००६ मा प्रकाशित मार्च अफ डाइम्सको रिपोर्टले देखाएको छ ।
प्रतिकृया दिनुहोस