• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

६ महिना ट्विटर नचलाए अकाउन्ट डिलिट हुने

एजेन्सी । ट्विटरले सबै प्रयोगकर्तालाई आफ्नो अकाउन्टमा बढी सक्रिय नभए अकाउन्ट डिलिट गरिदिने नीति लागु गर्ने भएको छ । त्यसैले ट्विटर धेरै नचलाउनेहरुले अब चाँडै नै अकाउन्ट गुमाउनुपर्ने हुन सक्ने बताइएको हो । मंगलबार मात्र ट्विटरले ६ महिनाभन्दा बढी समयसम्म अकाउन्ट नचलाएमा वा लग–इन नगरेमा अकाउन्ट डिलिट गरिदिने चेतावनी दिएको हो । 

कम्पनीका प्रवक्ताले सीएनएनसँगको कुराकानीमा भने, “हामी अहिले धेरै प्रयोग नगरिएका अनावश्यक अकाउन्टहरु हटाउनमा लागिपरेका छौँ । ट्विटरमा पोस्ट हुने सामग्री प्रयोगकर्ताहरुले विश्वास गर्न सक्ने किसिमका होउन् भन्ने उद्देश्यका साथ विश्वसनीयता र सही जानकारीलाई मात्र स्थान दिन कम्पनीले यस्तो निर्णय गरेको हो । त्यसैले हामी सबैलाई सक्रिय रुपमा ट्विटरमा लग इन हुँदै गर्न प्रोत्साहन गरिरहेका छौँ ।”

नियमित ट्वीट नगरेपनि ट्विटरमा समय बिताउनेहरु भने यस नयाँ नीतिबाट प्रभावित नहुने बताइएको छ । ट्विटरले लग–इन गर्ने प्रयोगकर्ताहरुलाई ‘एक्टिभ युजर’ का रुपमा लिने हुँदा त्यस्ता अकाउन्ट चाहिँ नहटाइने आफ्नो वेबसाइटमार्फत बताएको हो । सार्वजानिक रुपमा कुनै सक्रियता नदेखाए पनि अकाउन्ट खोलिरहनेहरुलाई असर नपर्ने बताइएको छ ।

कहिलेदेखि यो नीति कार्यान्वयन हुने र कति प्रयोगकर्ता प्रभावित हुनेछन् भन्ने स्पष्ट नभए पनि कम्पनीले अत्यन्तै धेरै अकाउन्टहरु यसमा पर्न सक्ने पत्ता लागेको तर निश्चित सङ्ख्या तत्काल सार्वजनिक नगर्ने बताएको हो । 

सबै अकाउन्टहरु हटाइसक्न महिनौँ लाग्ने कम्पनीको भनाइ छ । यसैबीच मृत प्रयोगकर्ताका अकाउन्टहरुमा चाहिँ कस्तो असर पर्नेछ भन्नेबारेमा ट्विटरका प्रवक्ताले कुनै प्रतिक्रिया दिएनन् । यसमा ट्विटर निरीक्षकहरु विशेषगरी शंकास्पद अकाउन्ट र समस्याजनक गतिविधि प्रस्तुत गर्ने किसिमका अकाउन्टमा पनि केन्द्रित रहने बताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर