• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

बलात्कारका आरोपी सिद्धबाबा अस्पतालको आईसीयूबाट पक्राउ

काठमाडौं । एक अनुयायीलाई बलात्कार गरेको अभियोगमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई अस्पतालको आईसीयूबाटै पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो ।

विराट नर्सिङ होमले हृदयघात भएको भन्दै उनलाई आईसीयूमा राखेको थियो । पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर