सीडीएससीमा पहिलो पटक महिला नेतृत्व
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले पहिलो पटक महिला नेतृत्व पाएको छ ।
तत्कालिन प्रमुख कार्यकारी अधिकृतबाट देव प्रकाश गुप्ताले औपचारीकरुपमा बिदाई लिएसँगै सिडीएसकी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कन्चन सापकोटालाई दिइएको छ ।
सापकोटालाई मंसिर १६ गते सोमबारदेखि लागू हुनेगरी सो पदको जिम्मेवारी दिइएको सूचना अधिकृत सुरेश न्यौपानेले जानकारी दिए ।
सापकोटा कम्पनीकी उच्च तह अर्थात ८ औ तहमा सहायक प्रबन्धक हुन् । उनी नेटवर्क सेक्सनककी प्रमुख समेत हुन् ।
सीडीएससीका अनुसार एक दुई साताभित्र खुला प्रतिस्पर्धाबाट नयाँ सिइओ नियुक्तिका लागि प्रक्रिया अघि बढाइने भएको छ ।
प्रतिकृया दिनुहोस