• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मन्त्री पुनले गरे भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्र वर्षमान पुनले शिलान्यास गरेका छन् । सुर्खेतको छिन्चु गाउँपालिकामा पुगेर उनले पूजापाठसहित आयोजनाको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा ऊर्जामन्त्री पुनसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शही लगायतको उपस्थिति रहेको थियो ।

कूल १२.२ किलोमिटर सुरुङमार्फत भेरीको पानी बबईमा खसाएर बाँके र बर्दियाका ५१ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउनाका साथै बबईमा ४.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजना शुरु गरिएको हो ।

आयोजना निर्माणसंगै कृषिबाट ३.१० अर्ब र विदुतबाट ४ अर्ब गरी ७ अर्ब आयात हुने देखिएको छ । यो नेपालकै पहिलो बहुउद्देश्यीय जलस्थानान्तरण आयोजना हो । 

यही वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बबईको हात्तीखालदेखि भेरीको चिप्लेसम्मको १२.२ किलोमिटर सुरुङको ‘ब्रेक थ्रू’को घोषणा गरेका थिए । नेपालमै पहिलो पटक टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरी चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप कम्पनीले (कोभेक) उक्त सुरुङ खनेको थियो । 

पहिलो चरणअन्तर्गत चिनियाँ कम्पनी चाइना इन्जिनीयरङ ओभरसिज लिमिटेड (कोभेक) निर्धारित समय अगावै गत वर्ष चैतमा टनेल बोरिङ मेशिन (टिबिएम) मार्फत सुरुङ निर्माण कार्य सम्पन्न गरेको थियो । 

हाल दोस्रो चरणको संरचनाअन्तर्गत नेपालको रमण कन्सट्रक्शनसँगको साझेदारीमा एक अर्को चिनियाँ कम्पनी ग्वाङ्डोनले चिप्लेमा बाँध र बबई किनार हात्तीखालमा विद्युत्गृह निर्माण प्रक्रिया शुरु गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर