• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

६७ लाख फलोअर्स भएको बिरालोको निधनमा नासाले दियो विशेष श्रद्धाञ्जली

अमेरीका । सामाजिक सञ्जालमा निकै चर्चामा रहेकी अमेरिकी बौनी विरालमे ‘लिल बब’ को आइतबार निधन भएको छ । ८ वर्षको यो बिरालोको फेसबुक, इन्स्ट्राग्राम, ट्विटर,टम्बरलर र युट्युबमा ६७ लाखभन्दा धेरै फ्लोअर्स रहेको छ । यसको अलवा यो बिरालोको आफ्नो वेबसाइडर अनलाइन सपिङ स्टोर पनि छ । 

धेरै दिनदेखि बिरामी परेकी उक्त बिरालोको सम्मानको लागि एक राष्ट्रिय फन्ड बनाइएको थियो । यो फन्डबाट उक्त बिरालोजस्तै धेरै बिरामी परेका जनावरको सहयोगका लागि पाँच करोड रुपैयाँ जम्मा गरिएको थियो । नासाले पनि ‘लिल बब’ बिरालोलाई इन्स्ट्राग्राममा श्रद्धाञ्जली दिँदै लेखेको थियो– ‘अन्तरिक्षमा मिलौला बब । तपाईको यात्रा सुरक्षित रहोस् ।’ 

‘लिल बब’ को मालिक माइक ब्रिडावस्कीले फेसबुकमा र इन्स्ट्राग्राममा बिरालोको याद गर्दै एक पोस्ट लेखेका छन् । जसमा लेखिएको छ– ‘उनी शनिबारको राती आफ्नो परिवारको साथमा रमाउँदै सुत्न गएकी थिइन । तर, आइतबार बिहान अचानक हामी जानु भन्दा अगाडि नै गहिरो निद्रामा परिसकेकी रहिछिन् । म सधैं उनको स्वास्थ्य उपचारका लागि पारदर्शी थिएँ । यो कुनै रहस्य थिएन । उनी लामो समयदेखि हड्डीको संक्रमणबाट लडिरहेकी थिइन् ।’

ब्रिडास्वरीको ‘लिल बब’ २१ जुन २०११ मा इन्डियानाको एक फोहोरको थुप्रामा भेटिएको थियो । यो बिरालो आफ्नो बान्की परेकोे शरीर र जिब्रो निकाल्ने बिरालोको रुपमा चर्चित थिइन् । साथै उक्त बिरालोले विभिन्न टिभी शो हरुमा सहभागी भएकी थिइन् साथै धेरै कलाकारहरु उनको फ्यान थिए । 

बिरालोको मालिक ब्रिडावस्कीले ‘लिल बब’को धेरै तस्बिरहरु सामाजिक सञ्जालमा राख्ने गरेका थिए । लामो समयदेखि बिरामी भएकी ‘लिल बब’को मृत्यु उसको स्वइच्छा भएको बताएका छन् ।  
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर