• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

५० वर्ष नाघेकालाई नेविसंघको नेतृत्व, ढुंगानालाई ल्याउने देउवाको तयारी !

‘विधान विपरित नेतृत्व ल्याउन लागेको भन्दै चरम असन्तुष्टि’

काठमाडौं । नेतृत्वविहीन अवस्थामा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) मा फेरि विवाद सुरु भएको छ । बेला बेलामा उमेर हदको कारण विवादमा आइरहने नेविसंघमा पुनः सोही विवाद दोहोरिने देखिएको छ । 

नेविसंघ उच्च स्रोतले दिएको जानकारी अनुसार पार्टी सभापति शेरबहादुर देउवाले ५० वर्ष नाघेकालाई नेतृत्व सुम्पिने तयारी गरिरहेका छन् । माघ २८ गतेको ११ औं महाधिवेशनबाट निर्वाचित सभापति नैनसिहं महरले राजीनामा दिएपछि यतिबेला नेतृत्वविहीन अवस्थामा नेविसंघ छ । 

पार्टी सभापति देउवा भने ३२ वर्ष उमेरहद पार गरिसकेका र विद्यार्थी राजनीतिक जिवनमा भन्दा पार्टीलाई सहयोग गर्नपर्ने बेला भएकालाई नेतृत्वको जिम्मा दिने तयारीमा देउवा लागेका छन् । स्रोतका अनुसार १२÷१५ वर्षदेखि विद्यार्थी राजनीतिबाट टाढा भएकाहरुलाई नेतृत्वमा ल्याउने तयारीमा शीर्ष नेतृत्व रहेको छ ।  

सुनसरी जिल्लाबाट ०४९ सालमा नेविसंघ जिल्ला अध्यक्षमा चुनावमा होमिएर पराजित भएका राजीव ढुंगानालाई नेविसंघको नेतृत्व दिने तयारी सुरु गरिएको स्रोतको भनाई छ । उनी त्यतिबेला बासु कोइरालासंग पराजित भएका थिए । कोइरालासंग अध्यक्ष पदका लागि पराजित भएको २७ वर्ष नाघिसम्दापनि नेतृत्वमा पुनः दोहोर्याउन लागेको भन्दै नेविसंघका विद्यार्थी नेताहरुको असन्तुष्टि छ ।  

‘नेताहरुको गुलामी गरेर पद हत्याउन कसैले पाउन भएन् ।’ समाचार दैनिकसंग कुरा गर्दै नविसंघका एक विद्यार्थी नेता भन्छन्–‘नेतृत्वले सोच्ने बेला आएको छ । ५० वर्ष नाघेकालाई यदी नेविसंघको नेतृत्वमा ल्याउने खेल भयो भने पार्टीमा ठूलो धक्का हुन्छ ।’

२०७० र ०७४ को संसदीय निर्वाचनमा सुनसरीबाट उम्मेदवारमा सिफारिस भएका ढुंगानालाई पार्टीले नेविसंघको नेतृत्वमा ल्याउन चर्चा सुरु भएसंगै विद्यार्थीहरुको चरम असन्तुष्टि बढेको छ ।

लामो समयदेखि ३२ वर्षभन्दा मुनिबाट नेतृत्व चयन हुनपर्ने विद्यार्थीहरुको माग छ । पार्टीले अनुमोदन गरेको ३२ वर्षे उमेर हद तोकिएको विधानलाई टेकेर १५–२० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको भन्दै नेतृत्वलाई सोच्नका लागि विद्यार्थीहरुले सुझाएका छन् । विगतमा विधान कार्यान्वयनका लागि आफूहरुले निरन्तर पार्टी नेतृत्वलाई दवाव दिएको स्मरण गर्दै भट्टले कुनै पनि हालतमा ३२ वर्षमुनीबाटै नेतृत्व चयन गर्नुपर्ने र लोकतान्त्रिक पार्टी विधान सम्मत जानुको विकल्पन भएको नेताहरुको भनाई छ ।

सभापति देउवा निकट नेताहरु उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामनत्री प्रकाशशरण महत, नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदलगायत आफूनिकट विद्यार्थी नेतालाई नेविसंघको नेतृत्वमा ल्याउने लागि परेका छन् ।

यस्तै संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडले र महामन्त्री शशांक कोइरालाले पनि आफू निकट विद्यार्थी नेतृत्वमा ल्याउन देउवालाई दबाब दिँदै आएका छन् ।

उमेर हदबन्दी र कुन संरचनामा तदर्थ समिति गठन गर्ने भन्नेमा पार्टीभित्र विवाद छ । तर विधानमा ३२ वर्षीय उमेरको हद १२ औँ महाधिवेशनबाट लागू हुने भएकाले पनि तदर्थ समितिमा उमेर हदबन्दी लागू नहुने संस्थापन पक्षको तर्क छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर