• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चिसोमा घाँटी दुखाइबाट बच्न यस्ताे गर्नुस् 

 काठमाडौं ।  चिसोका कारण घाँटीमा समस्या उत्पन्न हुन्छ । यो समस्या हामीमध्ये धेरैले भोगिरहेको समस्या हो । घाँटी किन दुख्छ ? यसको अनेक कारण हुन्छ ।

जस्तैः
– गलामा टन्सिल हुँदा
– कुनै ब्याक्टेरिया वा भाइरसको कारण इन्फेक्सन
– कब्जियतको कारण
– धेरै मसलेदार भोजन सेवन गर्दा

यद्यपी जाडोमा भाइरल इन्फेक्सनका कारण पनि घाँटीमा इन्फेक्सन हुने गर्छ । यसबाट घाँटी दुख्ने, खोकी लाग्ने, सुन्निने आदि समस्या उत्पन्न हुन्छन् ।

यदि हामीले केही सामान्य घरेलु उपायहरु अपनायौ भने यो समस्याबाट बच्न सकिन्छ । संभव भएसम्म घाँटीको समस्याबाट राहत पाउनका लागि घरेलु उपचार खोज्नुपर्छ । नुन मिसाएर तातो पानीले कुल्ला गर्दा पनि सामान्यत घाँटीको दुखाई ठिक हुन्छ । त्यसबाहेक अन्य विधी पनि छन्, जसले घाँटीको दुखाईमा प्रभावकारी उपचारको काम गर्छ ।

१. एक–एक चम्चा मह र कागतिको रस मिसाएर पिउनुहोस् ।
२. लसुनका ४–५ केस्रालाई तावामा सेकेर खानुहोस् ।
३. एक गिलास पानीमा दालचिनीको एउटा सानो टुक्रा उमाल्नुहोस् । मनतातो भएपछि यसमा एक चम्चा मह मिसाएर पिउनुहोस् ।
४. एउटा फराकिलो भाँडोमा दुई गिलास पानी उमाल्नुहोस् । नीलगिरीको तेलको दुई वा तीन थोपा हालेर वाफ लिनुहोस् ।
५. तुलसीको ६ वा ७ वटा पत्ता उमालेर दिनमा दुई वा तीन पटकसम्म पिउनुहोस् ।
६. मरिजलाई बदामसँग पिसेर सेवन गर्दा पनि फाइदा हुन्छ ।
७. एक गिलास पानीमा एक चम्चा नून हालेर उमाल्नुहोस् । पानी मनतातो भएपछि यसले बिहान र बेलुका कुल्ला गर्नुहोस् ।
८. एक कप पानीमा अदुवाको एउटा सानो टुक्रा उमाल्नुहोस् । मनतातो भएपछि यसमा एक चम्चा मह हालेर पिउनुहोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर