• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेकपाभित्र बामदेवलाई उपाध्यक्ष बनाउन विधान नै संशोधन !

काठमाडौं । सोमबार काठमाडौंमा बसेको नेकपा सचिवालय बैठकले गरेको आठ बुँदे निर्णयमा विधान संशोधन गर्ने उल्लेख छ । निर्णयको बुँदा नंवर दुई मा भनिएको छ, यसभन्दा अगाडि बसेको स्थायी कमिटी बैठकको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधन गर्ने सन्दर्भमा स्थायी कमिटीको निर्देशन र यसअघि सचिवालय बैठकमा नै भएका निर्णयलाई आधार मानेर संशोधन प्रस्ताव  तयार गर्ने ।

नेकपाको यो निर्णयसंगै  विधान नै संशोधन गरेर गौतमलाई पार्टीको उपाध्यक्ष बनाउन मार्गप्रशस्त ह्ुने भएको छ ।

नेकपाको विधानमा उपाध्यक्ष पदको व्यवस्था नभएकै कारण नेकपा सचिवाललय बैठकले बिधान संशोध गर्ने निर्णय गरेको हो । यसअघि नेकपाले गौतमलाई पार्टीको उपाध्यक्षमा प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

अव बस्ने नेकपा स्थायी कमिटि बैठकमा सचिवालयको विधान संशोधनको प्रस्ताव पास हुने लगभग पक्का छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर