• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 07:38 pm

अमेरिकासँग कैदी आदानप्रदान गर्न तयार छौँ : इरान

एजेन्सी । इरानले अमेरिकासँग कैदी आदानप्रदान गर्न आफू तयार रहेको सोमबार जनाएको छ ।

इरानले कैदी साटासाट गर्न सहमति जनाएकोप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद ज्ञापन गरेका छन् । उनले इरानको यो सहमतिलाई ‘धेरै सन्तोषजनक लचकता’को संज्ञा दिएका छन् ।

सन् २०१६ देखि इरानमा रहेका चिनियाँमुलका अमेरिकी सियु वाङ र सन् २०१८ देखि अमेरिकामा रहेको इरानी मस्सौड सोलेइमानीलाई साटासाट गर्ने सहमति भएपछि इरानले यो सन्देश दिएको हो ।

‘यो अहिले एउटा मात्रै साटासाट हो, अरु पनि साटासाट गर्न हामी तयार छौँ,’ एक जना प्रवक्ता अलि राबैयाले भने ।

‘कुनै सम्झौता र वार्ताबाट यस्ता समस्याको समाधान निकाल्न सकिन्छ,’ उनले राज्यद्वारा सञ्चालित टेलिभिजनमा भने । एएफपी

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ठूलो सोच भएका व्यक्ति ट्रम्प : मोदी

  • १२ फाल्गुण, २०७६

एजेन्सी । औपचारिक भ्रमणका क्रममा भारत आइपुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अहमदाबादस्थित

इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ लडाकूको मृत्यु

  • १२ फाल्गुण, २०७६

जेरुसलेम । गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ ।  युद्ध अनुगमन

भारतीयहरु निकै मिहनेती हुन्छन् : ट्रम्प

  • १२ फाल्गुण, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको मोटेरा स्टेडियममा सम्बोधनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको निकै तारिफ गरेका छन्