• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

साग फुटबलमा नेपाललाई स्वर्ण

नेपालले यसअघि सन् १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबलमा नेपालले स्वर्ण जितेको छ । नेपालले भुटानलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । 

दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अभिषेक रिजालले १६औं मिनेटमा पहिलो गोल गरेको हुन् । तर, भुटानका कप्तान चेन्चो ग्लान्चेनले ३७औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । 

पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलको दोस्रो हाफमा सुरु भएको केही मिनेटमै नेपालले पुनः अग्रता लियो । नेपालका लागि सुनील बलले नेपाललाई पुनः अग्रता दिलाएका हुन् । 

त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि नेपालले उपाधि जितेको हो । यससँगै नेपालले साग फुटबलमा चौथोपटक उपाधि कब्जा गरेको छ । नेपालले यसअघि सन् १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो । 

गत सागमा नेपालले भारतलाई उसैको मैदानमा पराजित गर्दै उपाधि जितेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर