• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

दुइ मिनेटमा २ गाेल गर्दै लिभरपुल बन्याे समूह बिजेता

एजेन्सी । साबिक विजेता लिभरपुल समूह विजेताका रुपमा यो सिजन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ ।  दुई मिनेटभित्र दुई गोल गरेर जित निकालेको लिभरपुल ६ खेलबाट १३ अंकसहित समूह विजेता बन्यो ।  

अवे मैदानमा भएको खेलमा लिभरपुलले सल्जबर्गलाई २–० ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा लिभरपुलले दुई गोल गरेको हो ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको अन्तिम खेलमा रेड बुल सल्जबर्गलाई पराजित गरेर लिभरपुल समूह ई को विजेता बनेको हो । लिभरपुलका लागि ५७ औँ मिनेटमा नेबी केइता र त्यसको एक मिनेटपछि मोहम्मद सालहले गोल गरेका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर