• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

म्यानचेस्टर सिटीलाई शानदार जित, शाख्तर स्तब्ध

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा समूह सी मा रहेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले डिनामो जाग्रेबलाई ४–१ ले पराजित गरेको छ ।

खेलको सुरुमै गोल खाएर पछि परेको म्यानचेस्टर सिटीलाई गाब्रिएल जिससले ह्याट्रिक गरेर हारबाट जोगाएनन् मात्रै, शानदार जित दिलाए ।

घरेलु मैदानमा भएको खेलमा १० औँ मिनेटमा ड्यानी ओल्मोको गोलबाट डिनामो जाग्रेबले सुरुवाति अग्रता लिएको थियो । पछि परेको म्यानचेस्टर सिटीका लागि जिससले ३४ औँ मिनेटमा बराबरी गोल फर्काए ।

उनले दोस्रो हाफमा थप दुई गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् । ५० र ५४ औँ मिनेटमा गोल गरेर जिससले ह्याट्रिक पूरा गरेका हुन् ।

म्यानचेस्टर सिटीका लागि ८४ औँ मिनेटमा फिल फोडिनले गोल गरे र टिम ४–१ ले विजयी भयो । जितपछि यसअघि नै समूह विजेता बन्ने पक्का भएको म्यानचेस्टर सिटीको १४ अंक भएको छ । 

समूह सी बाट उपविजेताका रुपमा एट्लान्टाले अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । बुधबार राति नै भएको खेलमा शाख्तर डोनेस्कलाई पराजित गरेर एट्लान्टाले नकआउट चरणको यात्रा तय गर्न सफल भएको हो । एट्लान्टाले शाख्तरलाई उसकै मैदानमा निराश बनायो । एट्लान्टाको सात अंक भयो भने शाख्तरको मात्रै ६ अंक रह्यो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर