• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

नेकपा सचिवालय बैठक : स्थायी समितिका लागि ५ वटा कार्यसूची तय (भिडियोसहित)

फाइल तस्वीर

काठमाडौं । नेकपा सचिवालय बैठकले स्थायी कमिटि बैठकका लागि बिभिन्न ५ वटा एजेण्डा तय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदन, बिधान संशोधन प्रस्ताव लगाएतका एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने, बिधान संशोधन प्रस्ताव पेश गरिने, केन्द्रिय कमिटिको अर्को बैठक तय गरिने र त्यो भन्दा अघि नेपाल भारत सीमा समस्याकाबारे छलफल हुने श्रेष्ठले बताए । बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पनि केहिबेर बैठकमा सहभागी भएका थिए ।

बैठकमा उनले आफ्नो स्वास्थ्य अवस्था सुधार हुदै गएको बताएको श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रचण्डद्वारा पेश हुने राजनीतिक प्रतिवेदनमाथि अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको उनले बताए । नेकपा स्थायी कमिटि बैठक आजै दिउँसो १ बजे पार्टी कार्यालय धुम्वाराहीमा बोलाइएको छ ।  पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन तीन महिनामा बस्नुपर्ने भएपनि यो बैठक एक वर्षपछि बस्न लागेको हो ।
यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर