• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

प्रधानमन्त्री ओलीले भने– 'म ठीक हुँदै छु'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको बताएका छन् ।

आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकमा हसिलो मुहारमा केहिबेर मात्र सहभागी भएका उनले आफु ठिक रहेको बताएका हुन् । उनले भने, 'म निरन्तर चिकित्सकको सल्लाह अनुसार अघि स्वास्थ्य जाँच गर्दैछु , पहिलेको भन्दा मेरो स्वास्थ्यमा सुधार भइरहेको छ । '

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,  ‘प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको बारेमा बैठकमा जानकारी गराउनुभयो। तीव्र गतिमा स्वास्थ्य सुधार भइराखेको बताउनुभयो,’ 

यसअघि प्रधानमन्त्रीको एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो । सो क्रममा उनी केहि दिन शिक्षण अस्पताल बसेका थिए । किड्नीका विरामी उनी पछिल्लो समय लगातर डाइलासिस गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर