• २०८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024

पर्यटकीय गन्तव्यस्थल बन्दै चितवनको ‘लामो झरना’

चितवन । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित जलबीरेको लामो झरनाले चितवनको पर्यटन प्रबर्धनमा वृृद्धि गरेको छ । मुग्लिनबाट सात र नारायणगढबाट २९ किमिको दूरीमा छ, जलबिरे । जलबिरेबाट झन्डै १५ मिनेटको पैदल यात्रापछि लामो झरनास्थल पुगिन्छ  ।

झरनामा दैनिक १०० जनाको हाराहारीमा पर्यटक आउने गरेको जलबीरे लामो झरना पर्यटन विकास समितिका सचिब अमर अधिकारीले जानकारी दिए । 

शनिबार र अन्य बिदाका समयमा पर्यटक बृद्धि भए पनि सोचे जति आउन सकेका छैनन । झरनामा ‘क्यानोनिङ, ‘क्लाइम्बिङ, ‘स्विमिङ, ‘स्लाइडिङ, ‘जम्पिङ र ‘हाइकिङ गर्न काठमाडौँ तथा विदेशबाट समेत पर्यटक आउने गरेको सचिब अधिकारीले बताए । 

अहिले क्यानोनिङ एशोसिएशनमा आवद्ध विभिन्न सात ¥याफ्टिङ संस्था लामो झरना पर्यटन विकास समितसँग आवद्ध छन् । ती संस्थामार्फत‘क्यानोनिङ’, ‘क्लाइम्बि, ‘स्विमिङ, ‘स्लाइडिङ, ‘जम्पिङ र ‘हाइकिङका लागि आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेका छन् ।  गर्मी, कोलाहल, तनाव र थकान मेट्न यहाँ आन्तरिक पर्यटक आउने गर्छन । 

चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना उत्कृष्ट गन्तव्यभित्र पर्छ ।

यहाँ प्रवेश गर्न स्वदेशी पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि स्वदेशीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ । यहाँ विसं २०६९ देखि पर्यटन विकास शुरु भएको हो । लामो झरनाको प्राकृतिक सौन्दर्यले पर्यटकको मन लोभ्याउने गरेको ईच्छाकामना गाँउपालिका  वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र प्रजा बताउँछन् । 

सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर