सुर्खेतमा टिप्परको ठक्करबाट एकको मृत्यु

सुर्खेत । वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको मृत्युु भएको छ । कालिकोट महानै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृत्युु भएको हो ।

वीरेन्द्रनगर–३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिप्परले भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिप्परले सिंहलाई किचेर अन्दाजी २० मिटर सम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सिंहका आफन्तले अहिले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर