• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

लिभरपुल आगामी सिजनका लागि च्याम्पियन लिगमा छनौट

एजेन्सी । लिभरपुर आगामी सिजनका लागि च्याम्पियन्स लिगमा छनोट भएको छ ।  प्रिक्वाटरफाइनलका खेलहरु सुरु नहुँदै लिभरपुल आगामी सिजनका लागि छनोट हुने पहिलो टिम बनेको हो ।

लिभरपुल प्रिमियर लिगको साबिक विजेता समेत हो । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि प्रिमियर लिगको लिडर लिभरपुल शीर्ष चारमा रहने पक्का भएको हो ।

जर्गेन क्लोपको टिम लिभरपुल पाँचौँ स्थानको टोटनह्याम भन्दा ३६ अंकले अघि रहेको छ । प्रिमियर लिगमा अब १२ खेल मात्र बाँकी रहेकाले लिभरपुल कम्तीमा पनि चौथो स्थानमा रहन सक्छ । यद्यपि लिभरपुल प्रिमियर लिगको उपाधीको नजिक छ । आउँदो सिजनको च्याम्पियन्स लिग फुटबलका लागि छनौट हुने लिभरपुल पहिलो टिम हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर