• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

 नकआउट चरणको पहिलो लेगमा लिभरपुल मड्रिडसँग पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत यो सिजनको नकआउट चरण मंगलबारदेखि सुरु भएको छ । अन्तिम १६ को पहिलो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा युरोपियन च्याम्पियन लिभरपुल स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग पराजित भएको छ ।

नकआउट चरण सुरु नहुँदै आउँदो सिजनका लागि स्थान पक्का गरेको लिभरपुल सो हारसँगै दबाबमा परेको छ ।  घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले लिभरपुललाई १–० ले पराजित गरेको हो । एथ्लेटिकोको जितमा चौथो मिनेटमा साउल निगुएजले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

लिभरपुलले गोल गर्ने दुई मौका पाएका थियो । तर त्यसलाई सदुपयोग गर्न सकेन । दोस्रो लेग आउँदो मार्च ११ मा लिभरपुलको मैदानमा हुनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर