अनेरास्ववियूको काठमाडौं जिल्लाको एकता टुंगियो, संयोजकमा थापा र सहसंयोजकमा लामिछाने
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ । आज काठमाडौंमा वसेको वैठकले संयोजक कृष्ण थापा मगर र सहसंयोजक राजकुमार लामिछाने सहित ६१ सदस्यीय जिल्ला कमिटीको नामावली सार्वजनिक गरेको छ ।
कुल ६१ सदस्यीय कमिटीमा साविक अनेरास्ववियुवाट ३२ जना र साविक अनेरास्ववियू (क्रान्तिकारी) वाट २९ जना रहेका छन् । त्यस्तै ७ सदस्यीय कार्यालय टिममा साविक अनेरास्ववियुवाट ४ जना र साविक नेरास्ववियू (क्रान्तिकारी ) वाट ३ सदस्य रहेका छन् । कार्यालय टिममा कृष्ण थापा , राजकुमार लामिछाने , रामेश्वर फुयाल , सविन डांगी , दिपकराज दाहाल , सन्तवहादुर तामाङ र उमेश भण्डारी रहेका छन् ।
आज काठमाडौंमा वसेको वैठकमा नेकपाका केन्द्रीय सदस्य हिमाल शर्मा , अनेरास्ववियूका केन्द्रीय सदस्य द्वय अशोक थापा र समीर पाण्डेको विशेष उपस्थिति रहेको थियोे ।
यस्तो छ अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीको नामावली :
प्रतिकृया दिनुहोस