• मंगलबार १२-२५-२०७६/Tuesday 04-07-2020/ 01:55 pm

सर्जक दुराको स्मृतिमा सङ्ग्रहालय निर्माण

लमजुङ ।  जीवन्त ठाडोभाका गीतका पुराना सर्जक देउबहादुर दुराको स्मृतिमा उनकै जन्मगाउँमा सङ्ग्रहालय निर्माण भएको छ । देउबहादुर दुरा स्मृति प्रतिष्ठान हाँडीखोला लमजुङले मध्यनेपाल नगरपालिका–१० हाँडीखोलाको नास्के–वर्धन गाउँमा सो स्मृति सङ्ग्रहालय बनाएको हो । 

नवनिर्मित सङ्ग्रहालयको बिहीबार नगरप्रमुख रमेशकुमार पाण्डेले शुभारम्भ गर्दै दुराले ठाडोभाकाका माध्यमले सिङ्गो लमजुङलाई चिनाएको बताए । ठाडोभाका संरक्षण समितिका संरक्षक बुद्धिमान दुरा धम्पुले नेपाली गीत–सङ्गीत क्षेत्रलाई ठूलो गुन लगाएको बताउँदै नवपुस्तालाई उनको बारेमा चिनाउने आधार निर्माण गर्नुपर्ने बताए । दुराका सहपाठी करापुका पञ्चै सुब्बा गुरुङ, नाचमा साथ दिने भैरे रानाभाटलगायत सर्जकलाई पनि भुल्न नहुनेमा उनले जोड दिए । 

वडाध्यक्ष रामचन्द्र भण्डारीले हाँडीखोलालाई नमूना गाउँका रुपमा चिनाइने र  लोकसंस्कृतिको अनुपम गन्तव्यका रुपमा विकास गरिने बताए । कार्यक्रममा घाँटु र  कृष्णचरित्र नृत्य पनि प्रस्तुत गरिएको थियो । 

वसं १९४७ फागुन ८ गते जन्मिएका देउबहादुर दुराले आफ्नो जीवनकालमा करापुटारको शिवरात्रि मेलालगायत चाडपर्वमा ठाडोभाका गीत गाएरै मनोरञ्जन गराएको स्मृति सङ्ग्रहालयका अध्यक्ष पूर्णबहादुर दुराले जानकारी दिए । हट्टाकट्टा र बलियो शरीर भएका देउबहादुर  निकै रसिक स्वभावका भएकाले ठाडोभाका गीत गाएर श्रोतालाई मनोरञ्जन गराउने अग्रजले बताएको अध्यक्ष दुराले बताए । करिब ४८ वर्षका उमेरमा विसं १९९५  फागुनमा देउबहादुरको मृत्यु भएको बताइएको छ ।

नगरपालिकाबाट कूल रु १८ लाख सहयोग र करिब  रु १० लाख बराबरको जनश्रमदानबाट एक रोपनी क्षेत्रफलमा सङ्ग्रहालय निर्माण गरिएको हो । परम्परागत घुमाउने स्वरुपमा खरको छानो छाइएको उक्त सङ्ग्रहालयमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री सङ्ग्रह गरिने भएको छ । 

हालसम्म देउबहादुरको योगदानको खोजी गर्न नसकिएकामा सङ्ग्रहालयकै माध्यमबाट उनका विषयमा थप जानकारी सङ्कलन गरी सर्वसाधारणलाई जानकारी गराइने उक्त प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानका अनुसार सङ्ग्रहालय निर्माणका लागि स्थानीयवासी चन्द्रमान, भीमबहादुर, हस्तबहादुर र दलबहादुर दुराले जग्गादान गर्नुभएको थियो । हाँडीखोला क्षेत्रका नास्के, वर्धन, सिम्ले, डाँडागाउँ, गैरीगाउँ, एक्लेवर्धन, कोक्रा गाउँबाट स्थानीयवासीको सहभागिता  थियो । सो क्षेत्रमा करिब १६५ घरधुरी रहेकामा अधिकांश दुरा जातिको बसोबास रहेको स्थानीय अगुवा डिलबहादुर दुराले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तिमीले बोकेको रातो झण्डा

  • २२ चैत, २०७६

तिमीले बोकेको रातो झण्डा तिम्रो निजी वस्तु हुँदैहैन   त्यसमा शिकागो बिद्रोह छ मजदूरको रगतले भिजेको छ ! तिमीले बोकेको रातो झण्डा तिम्रो कुर्सी

कविता : सिस्टर नभन्नु ल !

  • २२ चैत, २०७६

सेतो कोटमा सजिएकी  एक सफेद नारी गलामा आला  काधमा जिम्मेवारी   जो आफ्नै काममा व्यस्त छिन सेवामा मस्त छिन  अलि परैबाट अपरीचित आवाजले  परीचित

‘फर्गेट मी ...तिम्रो मुटु छैन’

  • १ चैत, २०७६

तिम्रो मुटु धड्किन्छ कि धड्किँदैन ? जुन मुटुले फेर्ने सासले मेरो आस जगाएको थियो । आज त्यो मुटुको चाल कस्तो छ ? कता, कुन गतिमा दौडदैछ, तिम्रो रगत ? कुन