• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

लागु औषध खैरो हिरोईनसहित धनगढीबाट पाँच जना पक्राउ

धनगढी । लागुऔषध खैरो हिरोइन बेचबिखन र सेवनमा संलग्न पाँच जनालाइ प्रहरीले धनगढी बसपार्कको एउटा होटेलबाट प्रकाउ गरेको छ ।

३ ग्राम ४१० मिलिग्राम खैरो हिरोईन सहित अछाम होटेलका सञ्चालक बिजय साउद र धनगढी उपमहानगर पालिका वडा नं २ बस्ने सुनिल कुँवर लाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै सोहि ठाउँवाट १५० मिलीग्राम खैरो हिरोइन सहित पाँचजनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानरपालीका–२ बस्ने रोसन सिंह, करन देउवा र सुबास हमाल रहेका छन ।

बिषेश सुचनाका आधारमा अछाम होटेल बाट पक्राउ परेका उनिहरु माथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर