पाल्पा महोत्सवमा ४ करोड बढीको कारोबार

पाल्पा । पाल्पा महोत्सवमा ४ करोड भन्दा बढीको कारोबार भएको छ ।  फागुन १ गतेदेखि सुरु भएको महोत्सव ४ करोड बढीको कारेबार गरेर सोमबार सकिएको हो ।

महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको पाल्पा व्यापार संघले जानकारी दिएको छ । तानसेन ९ दमकडामा सम्पन्न भएको महोत्सवमा आयातित भन्दा स्थानीय उत्पादनले राम्रो बजार पाएको स्थानीय व्यापारीले बताए ।

महोत्सव समापन समारोहका प्रमुख अतिथि संघीय सांसद सोमप्रसाद पाण्डेयले जिल्लामा उत्पादित कृषिजन्य बस्तु र पर्यटकीय स्थलहरुको प्रचारमा महोत्सवले उल्लेखनीय सहयोग गरेको बताए ।

व्यापार संघले राखेको लक्ष्यभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले बताए ।  यस्तै महोत्सवमा अन्तिम दिनसम्म चार करोड बढीको कारोबार भएको पोखरेलले बताए । 

स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पाल्पा व्यापार संघका सचिव परशुराम पौडेलले बताए । कृषि, पर्यटन, साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुको बजारीकरण गर्न सहज होस् भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको र उद्देश्य अनुसारको लक्ष्य पुरा गरेको आयोजकले जनाएको छ ।  महोत्सवमा बाल उद्यान, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका स्टलहरू, होटल तथा रेष्टुरेन्टको समेत स्टल रहेका थिए ।

महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, विभिन्न संघसंस्थाबाट ल्याइएका लोपोन्मुख नाच तथा गीत प्रस्तुत गरिएको थियो । जिल्लाका सबै क्षेत्रका स्टल र सबै क्षेत्रका लोपोन्मुख सांस्कृतिक प्रस्तुतीले महोत्सवमा सबैको अपनत्व बढेको सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले बताए । महोत्सवमा ख्यातीप्राप्त कलाकारहरूले प्रस्तुती दिएका थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर