• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 11:31 am

मणि लोहनीको कविता संग्रह ‘मृत्युको अघिल्तिर’ लोकार्पण

काठमाडौैं । कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह ‘मृत्युको अघिल्तिर’ लोकार्पण गरिएको छ । प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम गरि शुक्रबार पुस्तक लोकार्पण गरिएको हो । 

मानवीय सम्बन्ध र जीवन दर्शनलाई पहिल्याउने मणि पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यमाथि कथा कविता लेखिरहेका छन् । शिखा बुक्सले बजारमा ल्याएको कवितासंग्रहमा तीन खण्ड गरि फरक फरक विषयका ३२ कविता संकलित छन् ।

टेलिभिजन पत्रकारितामा सक्रिय मणिको पहिलो कविता संग्रह, आन्दोलनले छट्पटाएका कलमहरु, २०४९ सालमा प्रकाशित भएको हो । 

हाल कान्तिपुर टेलिभिजनमा आवद्द उनी पेशाका अलवा कथा, निवन्ध र कविता लेखनको क्षेत्रमा सक्रिय छन् । भानुमोति पुरस्कार २०५८, सर्वोकृष्ट कथा पुरस्कार २०६३, युवावर्ष मोति पुरस्कार २०६८, शतिसचन्द्र रेग्मी अतुल स्मृति पुरस्कार २०६९, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४, बनिताश्री काव्य पुरस्कार २०७५ र संसाक कथा पुरस्कार २०७६ बाट सम्मानित मणिका केही कविता र कथा हिन्दी, अङ्ग्रेजी, बङ्गाली, जापानिज र कोरियन भाषामा प्रकाशित भएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तिमीले बोकेको रातो झण्डा

  • २२ चैत, २०७६

तिमीले बोकेको रातो झण्डा तिम्रो निजी वस्तु हुँदैहैन   त्यसमा शिकागो बिद्रोह छ मजदूरको रगतले भिजेको छ ! तिमीले बोकेको रातो झण्डा तिम्रो कुर्सी

कविता : सिस्टर नभन्नु ल !

  • २२ चैत, २०७६

सेतो कोटमा सजिएकी  एक सफेद नारी गलामा आला  काधमा जिम्मेवारी   जो आफ्नै काममा व्यस्त छिन सेवामा मस्त छिन  अलि परैबाट अपरीचित आवाजले  परीचित

‘फर्गेट मी ...तिम्रो मुटु छैन’

  • १ चैत, २०७६

तिम्रो मुटु धड्किन्छ कि धड्किँदैन ? जुन मुटुले फेर्ने सासले मेरो आस जगाएको थियो । आज त्यो मुटुको चाल कस्तो छ ? कता, कुन गतिमा दौडदैछ, तिम्रो रगत ? कुन