विश्वविद्यालयलाई छोरा जस्तै माया गर्छु - उपकुलपति डा. सिंङ

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर नन्द बहादुर सिंहले विश्वविद्यालयलाई आफ्नो छोरा जस्तै माया गरेर हुर्काउने बताएका छन् । बिहिवार विश्वविद्यालयमा पदभार समाल्दै उनले सो कुरा बताएका हुन् । 

‘यो विश्वविद्यालयमा मेरो ४ बर्षको कार्यकाल हुन्छ यो कार्यकाल भित्र मैले  विश्वविद्यालयलाई नेपालको नमुना विश्वविद्यालयको रुपमा बनाएर देखाउने छु’, ‘उनले भने, ‘काठमाडौँमा बस्नेहरुलाई दुर्गममा जन्मेका मानिसहरु दिमागमा पनि दुर्गम हुनछन् भन्ने सोचाईको विरुद्धमा म जहिले पनि लड्ने गरेको छु । यो मेरो जिम्मेवारी जसले दुर्गमलाई हेपेका छन् उनिहरुको लागि यो उदारण भएको छ ।’ उनले भने ।

‘डा.सिंङले विचारको आफु सम्मान गर्ने भन्दै ‘विश्वविद्यालयलाई राजनितिबाट मुक्त बनाउनु पर्छ राजनिति विचार जसको पनि हुन्छ तर शिक्षामा राजनिति गर्न पाईदैन’ उनले भने,‘पार्टी जसको पनि हुन्छ तर पार्टीका कुरा पार्टीका माग विश्वविद्यालयमा आएर राख्न मिल्दैन ।’ 

जुन देशमा भ्रष्टाचार हुन्छ त्यो देशको सभ्यता तल झरेको भन्दै डा.सिंङले विश्वविद्यालयका केहि कर्मचारीहरुले  केन्द्रीय सरकारले दिएको पैँसामा भ्रष्टचार गरेर अख्तीयारमा जाने बाटो रोज्ने गरेको भन्दै यो बाटो अब  बन्द गर्नेतिर आफु लाग्ने समेत उनले बताए 

‘विश्वविद्यालयमा पढाउने शिक्षकहरु यहाँ नपुगे भने म बाहिर देशबाट ल्याएर भए पनि पढाउन लगाउछु , कुनै कुराको पनि कमि हुन दिने छैन उनले भने,’। 

विश्वविद्यालयको भौतिक संरचना आफ्नो प्रथामिकतामा रहेको पनि उनले बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर