प्रदेश दुईको नामाकरण : तेस्रो प्रस्ताव पनि अस्वीकृत

जनकपुरधाम । प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेशसभामा दर्ता गराईएको चारमध्ये ३ वटा प्रस्तावहरु अस्वीकृत भएको छ । आज प्रदेशसभामा जारी रहेको प्रदेश नामाकरणका लागि सत्तासीन र प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले विभिन्न चार वटा प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए ।

जसमा नेकपाद्धारा प्रस्तावित जानकी प्रदेश र नेपाली कांग्रेसद्धारा प्रस्तावित मिथिला भोजपुरा प्रदेशका लागि गरिएको प्रस्ताव अस्वीकृत भएको हो भने केही बेर अघि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहद्धारा प्रस्तावित मध्य मधेश प्रदेशको प्रस्तावमा समेत ४२ वटा मात्र मत खसेपछि चार मध्ये ३ वटा प्रस्ताव अस्वीकृत भएको हो । 

नेकपाको तर्फबाट प्रदेशसभा सदस्य रामकुमार यादव र नेपाली कांग्रेसको तर्फबाट नरेश प्रसाद यादवले मिथिला भोजपुरा प्रदेशको नामाकरणका लागि जानकी प्रदेशको प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए । जसमध्ये नेपाली कांग्रेसद्धारा प्रस्तावित मिथिला भोजपुराको पक्षमा २८ वटा र विपक्षमा ७९ वटा मत खसेको हो ।

यसअघि नेकपाद्धारा जानकी प्रदेशको पक्षमा ३७ वटा मत खसेको थियो भने विपक्षमा ७० वटा मत खसेको थियो । 

नेकपाद्धारा प्रस्तावित जानकी र नेपाली कांग्रेसद्धारा प्रस्तावित मिथिला भोजपुरा प्रदेशका लागि प्रदेश दुईका १०७ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए ।

त्यसैगरी मध्य मधेशको लागि कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहले उक्त प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर