• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कोरोना संक्रमण फैलिन नदिन प्रदेश सरकार असफल साबित भएको कांग्रेसको आरोप

कांग्रेसका युवाहरुको तिखो प्रश्न :  मन्त्री नाजवाफ

जनकपुरधाम। प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न पूर्ण रुपमा असफल साबित भएको भन्दै नेपाली कांग्रेसको एक टोलीले आक्रोश व्यक्त गरेको छ । नेपाली कांग्रेस प्रदेश दुईको संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा मुख्यमन्त्रीलाई भेट्न पुगेका स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोस्न टिमका सदस्यहरुले कोरोना संक्रमणलाई नियन्त्रण गर्नुको साटो प्रदेश दुईमा भ्रष्टाचार मौलाई रहेको भन्दै आक्रोश व्यक्त गरेका थिए । 

‘कोरोना महामारीमा उपचार नपाएर प्रदेशका नागरिकहरु ज्यान गुमाइ रहेका छन्, महामारीको पाँच महिनाको अवधिमा प्रदेश सरकारले के कामहरु ग¥यो रु,’ नेपाली कांग्रेस प्रदेश दुईका संसदीय दलका नेता रामसरोज यादवको प्रश्न थियो मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई ।
‘कोरोनाकै बहानामा अस्पतालहरुले बिरामी जाँच्न मानिरहेका छैनन्, यहाँसम्म कि तपाईंहरुकै मातहतमा रहेको प्रादेशिक अस्पतालमा बिरामीले उपचार पाउन छोडिसके, के हेरेर बस्नु भएको छ ?’ यादवले अर्को प्रश्न सोधे ।
मुख्यमन्त्री राउतले कोरोना महामारी नियन्त्रण र रोकथामका साथै सर्वसाधारणलाई सहज तरिकाले उपचार उपलब्ध गराउन प्रदेशभित्र प्रशासनिक सुधारको आवश्यक्ता रहेको स्पष्ट गरेका थिए । कोरोना नियन्त्रणको लागि आफूहरुले प्रयास गरेपनि कतिपय ठाउँमा त्रुटिहरु भएको मुख्यमन्त्री राउतले स्वीकार गरे । 

‘संक्रमण न्यूनीकरण गर्न स्वाब परीक्षण बढाउनतर्फ हामी लागि परेका छौं,  चाँडै प्रदेशको आठवटै जिल्लामा पीसीआर मेसिन जडान हुन्छ,’ राउतले भने । सुरुमा अन्यौलताका कारण मेसिन खरिद गर्न ढिलाइ भएको भन्दै राउतले अब त्यो अन्यौलता हटिसकेको र गुणस्तरीय मेसिन खरिद गर्न सामाजिक विकास मन्त्री साहलाई निर्देशन दिए ।
मुख्यमन्त्री राउतले प्रादेशिक अस्पतालको मेसुको काम गर्ने शैलीबाट आफू सन्तुष्ट नरहेको बताए । ‘उहाँको काम गर्ने शैली ठीक भएन्, मैले पटक–पटक भनिसकेको छु, विकल्प खोज्ने बेला आएको छ,’ राउतले भने ।
‘काम गर्ने मेसु नभएपछि कारबाही किन गर्नु हुन्न रु तपाईंहरुकै अधिकार क्षेत्रभित्रको यो अस्पताल होइन र ?,’ तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले सोधे,‘तपाईंहरुकै पार्टीको एकजना अध्यक्षको भाइ रहेकोले मेसुलाई कारबाही नगरी आमजनताको जीवनसँग खेलवाड गरि रहनु भएको छ ?’

लगत्तै सामाजिक विकासमन्त्री नवलकिशोर साहले ‘मैले हिजै फोन गरेर उहाँलाई विदामा बस्न भनिसकेको छु,’ जबाफ दिँदै,‘अस्पतालमा अहिलेसम्म केही सुधार भएको छैन् रु मान्न सकिन्न, विगतभन्दा अहिले सुधार त भएकै हो ’ भने । अस्पतालहरुमा जनशक्ति नहुँदा समस्या खेप्नुपरेको उनले बताए ।
‘जनशक्ति आपूर्ति गर्ने काम सरकारको र सरकारले नै गर्नु पर्दछ, बहाना बनाएर पन्छिने समय अहिले होइन्,’टोलीका सहभागीहरुले मन्त्री साहलाई भने ।
पाँच महिनाको अवधिमा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि के–कस्तो तयारी भएको छ भन्ने टोलीका सदस्यहरुको प्रश्नमा सामाजिक विकासमन्त्री साह नाजवाफ भएका थिए । 
तर, कोरोना संक्रमित र संक्रमण नरहेका बिमारीको उपचारका लागि सरकारले व्यवस्था गर्न लागेको मन्त्री साहले जानकारी गराए । ‘हामी जानकी मेडिकल कलेजसँग आजै सम्झौता गरिरहेका छौं,’ उनले भने,‘सम्झौता भइसकेपछि कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल र संक्रमण नरहेका अन्य बिरामीहरुको उपचार जानकी मेडिकल कलेजमा हुनेछ । सकभर आजै सम्झौता हुन्छ ।’
मन्त्री साहले यस्तो भनेपछि महामारीले प्रदेश नै आक्रान्त भइसकेको अवस्थामा पछिल्लो चार महिनादेखि सरकारले जानकी मेडिकल कलेजसँग किन सम्झौता नगरेको टोलीका सदस्यहरुले आक्रोश व्यक्त गरेका थिए ।
टोलीमा सहभागी तत्कालीन जनकपुर अञ्चल अस्पतालका मेसु एवं वरिष्ठ फिजिसियन डा।गौरांग मिश्रले प्रदेशमा कोरोना नियन्त्रण र रोकथाम गर्न जाँचको दायरा बढाउनुका साथै चाँडै नतिजा आउने गरी पीसीआर मेसिनको व्यवस्था गर्न सुझाव दिएका थिए । 
‘गुणस्तरीय र न्यूनतम चार घण्टाभित्र नतिजा दिनसक्ने पीसीआर मेसिन जडान गर्न सकिए धेरै हदसम्म संक्रमण रोक्न सकिन्छ,’ डा।मिश्रले भने,‘पाँच दिनपछि नतिजा दिने हो भने मृत्युपछि बिरामी संक्रमित रहेको बुझ्न सकिन्छ ।’ महामारीको बेला खरिद ऐन संशोधन गरेरै भएपनि तत्काल गुणस्तरीय र चाँडै नतिजा दिनसक्ने पीसीआर मेसिन खरिद गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर