• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

धनुषाको क्षिरेश्वरमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते

जनकपुरधाम  । धनुषाको क्षिरेश्वर नगरपालिकामा दुई समूहबिच झडप हुँदा ६ जना घाइते भएका छन् ।  क्षिरेश्वर नगरपालिका वडा नम्बर १० हारसरमा दुई समूहबीचको फूटबल म्याच पछि भएको झडपमा परी उनीहरु घाइते भएका हुन् । 
हारसरको पूरबारी टोल तथा पछबारी टोल बिचको फूटबल मैचपछि खेलाडीहरु पानी खाई रहेको समयमा भनाभन भएपछि झडप भएको बताईएको छ ।

झडपमा परी हारसर पछबारी टोलका पूजन चौधरी, दिप नारायण चौधरी, विरेन्द्र चौधरी, रामकरण चौधरी, विनोद साह र अभिषेक चौधरी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई उपचारका लागि धरान रेफर गरिएको छ भने बाँकीको उपचार स्थानीय स्वास्थ्य संस्थामा भईरहेको महेन्द्रनगर ईलाका प्रहरी कार्यालयका सई मोहम्मद मुस्तुफाले जानकारी दिएका छन् । 
कुटपीटमा संलग्न युवाहरु अहिले फरार रहेको उनले जानकारी दिए । सई मुस्तुफाले भने ‘गाउँको दुई टोलबिचको विवाद रहेकोले झन उग्र रुप लिन नदिनका लागि संयमता साथ घटना सम्बन्धमा अनुसन्धान गरिरहेका छौँ ।’ 
उनले घटनाको अनुसन्धानको क्रममा दोषीलाई चाँडै नै पक्राउ गर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर