• आइतबार २-१८-२०७७/Sunday 05-31-2020/ 05:37 am

कोरोनाले बदलेको प्रचण्डको दैनिकी : ‘इम्युनिटी पावर’ बढाउन साइक्लिङ, भेटघाट शुन्य

काठमाडौं । विश्वमा नै महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको कारण विश्व आतंकित छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणका बिरामी देखिएका छैनन् ।

यद्यपी, नेपाल पनि कोरोना जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले बताएको छ । सरकारले विभिन्न कलेज, सरकारी, निजी कार्यालय लगायत ठूलो मानिसको भिडभाड हुने सबै क्षेत्र बन्द गराएको छ । पाँच लाखभन्दा बढी विद्यार्थी सामेल हुने एसईई परीक्षा पनि स्थगित भएको छ । साथै, विश्वविद्यालयका सबै परीक्षा स्थगित भएका छन् । 

शहरमा रहेका मानिसहरु गाउँतिर लागेका छन् । सरकारले अत्यावश्यकभन्दा बाहेकका काममा बाहीर ननिस्कन ह्वीप जारी गरेको छ । 

यसैबीच, सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीदिनयता घरबाहीर निस्किएका छैनन् । उनीमात्र होइन्, देशका शीर्ष तहका नेताहरु सावधानिपूर्वक घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । 

नेकपा अध्यक्ष प्रचण्ड प्रायजसोः आफ्नो शरिर सन्तुलनका लागि विभिन्न व्यायमहरु गरिरहेका हुन्छन् । प्रायजसोः टेबलटेनिस खेल्न रुचाउने दाहालल आइबार बिहान भने फरक रुपमा देखा परे ।

विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसविरुद्ध ‘इम्युनिटी पावर’ बढाउन भन्दै उनी आइतबार साइक्लिङमा निस्किए । उनले आफ्नो सम्पूर्ण दैनिकी खुमलटारस्थित निवासमा बिताइरहेका छन् । 

निवासको पार्किङ क्षेत्रमा दाहालले साइक्लिङ गरेको भिडियो आचार्यले फेसबुकमा सार्वजनिक गरेका छन् ।

दाहाल आफन्त, नातिनातिना तथा परिवारका अन्य सदस्यका साथ साइक्लिङमा देखिएका थिए ।

उनी पार्किङ क्षेत्रलाई फन्को मारिरहेको देखिन्छन् ।

आचार्यका अनुसार दाहाल बिहान पाँच बजे नै उठ्छन् । हातमुख धोएर उनी टेबलटेनिस खेल्छन् । त्यसपछि साइक्लिङ गर्छन् । उनी अहिले परिवारका सदस्यसँग बढी हुन्छन् । त्यसबाहेक पढ्न र लेख्न बसिरहेका हुन्छन् ।

पत्नी सीताको स्वास्थ्य अवस्था राम्रो नभएकाले उनी बढी सीताको रेखदेखमा रहने गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सेना परिचालन गर्ने सरकारको निर्णय

  • १७ जेठ, २०७७

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण लगायतका काममा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको

लकडाउन जेष्ठ ३२ सम्म लम्बाउने,अन्तर्राष्ट्रिय उडान असार १६ सम्म बन्द

  • १७ जेठ, २०७७

काठमाडौं । सरकारले लकडाउन जेष्ठ ३२ गतेसम्म लम्बाउने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले जेष्ठ ३२

नेपालमा कोरोना संक्रमण दर अहिले सम्मकै उच्च, शनिबार थपिए २०८ जना

  • १७ जेठ, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमण शनिबार अहिले सम्मकै उच्च देखिएको छ । शनिबार मात्रै २०८ जनामो संक्रमण पुष्टि भयो भने एक जनाको ज्यान गायो । शनिबार