ला लिगा सहित स्पेनमा हुने सबै खेल अनिश्चितकालका लागि स्थगित
एजेन्सी । ला लिगासहित स्पेनका सबै फुटबल गतिविधिहरु अनिश्चित समयका लागि स्थागित भएका छन्।
कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएपछि त्यसविरुद्धको अभियानमा लागेको स्पेनले सबै फुटबल गतिविधि अनिश्चित समयका लागि प्रतिबन्धित गरेको हो ।
मार्चको सुरुमा स्पेनको शीर्ष लिग ला लिगाका दुई चरणका खेलहरु स्थगित गरिएको थियो । स्पेनमा हाल राष्ट्रिय आपतकालको अवस्था छ।
प्रतिकृया दिनुहोस